सम्बृद्धि सम्भावनाको वृतचित्र

प्रकाश भटराई खत्री

  प्रकाश भटराई खत्री
238 Shares

नेपालमा के छ के छैन, के भयो के के हुन बाकी छ , भनेर अनावश्यक कल्पनाका रेखाहरु कोर्ने भन्दा पनि कुन रेखा कोर्दा अबका दिनमा सबल र सफल हुन सकिन्छ भनेर मनम गर्नु पर्ने दिन आएको छ । नेपाल एक असाधारण उत्पादनका स्रोत्र भएको मुलुक हो यहा के छैनर हामी सबै भ्रममा परेका छौ । अबका दिनमा यस्ता भ्रमलाई उन्मुलन गर्दै उत्पादनशिल प्रकियामा सहभागिता भएर देशलाई सम्बृद्धिको बाटो देखाउने जिम्मा हाम्रो काधमा आएको छ ।
हिजोआज सबैको मुखको केन्द्र विन्दु भनेको सम्वृद्धि हो वास्तबिक सम्बृदिको अर्थ आधुनिक परिवर्तन तिर जानु पनि हो । यहा २००७ सालदेखि २०६२ ६३ का बिभिन्न कालखण्डका आन्दोलनकासाथमा आएका परिवर्तनहरुले केही त परिवर्तन ल्याए पनि जनताले चाहे जस्तो अग्रगामी परिवर्तनको भने मार्ग चित्र कोर्ने सकिएको छैन । देशलाई संघिय लोकतान्त्रीक गणतन्त्रमा परिणत गरेपछि ७ वटा प्रदेशको संरचनाको खाका पश्चात देशले भर्खरै भर्खरै मात्र स्थानिय, प्रादेशिक र केन्द्रिय सरकार प्राप्त गरेको छ । गणतन्त्रीक नेपालको आधुनिक मुहार फेर्नेको लागि सदियै देखी बिभिन्न टुक्रा टुक्रामा रहेको कम्युनिष्ट घटकहरु देशलाई निकास र बिकास गर्नेकोलागि प्रदेश तथा केन्द्रिय चुनावमा गठबन्धनमार्फत अत्याधिक बहुमत पनि पाएका छन जुन जनमत भनेको सम्बृद्धिको जनमत हो ।
वाम घटकहरु एक ठाउमा आवद्ध भए एउटै घोषणा पश्चात आम जनतामा प्रष्टसंग भनेका छन की अबको नेपाल भनेको सुसाशन, सम्बृद्धि, समानता, स्थाईत्व, र भष्टाचार मुक्त नेपाल हुन्छ भन्दै जनतामा गएका बखत जनमत पनि राम्रै पाएका छन । चुनाव जित्नुमात्र ठुलोकुरा होईन की जितपछि जनताको पनि मन जितेर अग्रगामी छलाङ हान्न सक्नु सबैभन्दा राम्रो मानिन्छ ।
सम्बृद्धि भन्ने बितिकै सजिलै प्राप्त हुने पिषय होईन यो त सबै आफनो आफनो ठाउबाट रचनात्मक र सिर्जनात्मक तवरले अगाडी बढन सकेको खण्डमा आफै स्वतह सम्बृद्धि हुदै जान्छ । जसका लागि सरकारले निति तथा रणनितिहरु तर्जूमा गर्ने, कार्य सम्पादन गर्ने सक्ने वातावरण बनाउने, उत्पादनकाशिल श्रेत्रमा उच्चतम लगानीको वातावरण निर्माण गर्ने , श्रोत्र तथा साधनहरुको सर्बेक्षण तथा अनुगमन गर्ने, बिभिन्न श्रेत्रमा बैज्ञानिक अनुशन्धान गर्ने जस्ता विषयमा पनि सरकार केन्द्रित भयाृ भने सम्बृद्धि भन्ने शब्द आम नेपालिरुको सधै मुखमा झण्डीरहने छ ।
सम्बृद्धिको पहिलो खाका भनेका कृषिमा आधुनिकीकरण गर्दै कृषिलाई पहिलो प्राथमिकता दिन सकेको खण्डमा कृषिबाट पनि सम्भावना धेरै पाईन्छ । यहा कृषि श्रेत्रलाई हेर्दा कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्नु, रोजगारिको स्थापन गर्नु, कृषि प्रशोधनलाई व्यबस्थित बनाउनु,कृषि सामाग्रीको सहज उपलब्ध गराउनु, बजारको उचित व्यबस्थापन गर्नु, उत्पादनको पहिचानबाट नविनतम सीप तथा प्रबिधिको विकास गर्नु, कृषि एैन सबैलाई मान्य हुने उचित निर्माण गर्नु, कृषकलाई उन्नत मल बिउ, खाधान्नका सामाग्री उपलब्ध गराउनु, कृषि उत्पादन वृद्धिका लागि उपयोगी तालिम तथा प्रशिक्षणको व्याबस्था मिलाएर अगाडी बढेको खण्डमा आफै विस्तारै सम्बृद्धिको खाका तय हुन जान्छ । देशमा भएका बिभिन्न श्रोत्र तथा साधनहरु जल, जमिन, जङगल, जडिबुटी, जलस्रोत लाई प्राथाकिताम राखेर अघि बढने हो भने कल्पना गरेको नेपाललाई आखै अगाडी देख्न सकिन्छ ।
सम्बृद्ध नेपालको कल्पना गर्नेको लागि पर्यटन श्रेत्रमा पनि लगानी बढाएर अघि जान सकिन्छ । पर्यटकबाट विदेशी मुद्रा आर्जन गर्ने मुख्य श्रोत्रको रुपमा लिन सकिन्छ । पर्यटन बिकास तथा बिस्तार हुनको लागि पहिला बिकासमा पुर्वाधारहरुको बिकास भएमा मात्र पर्यटन श्रेत्रको पनि सहजै बिस्तार हुने गर्दछ । पर्यटनको मुख्य उद्धेश्य भनेको पर्यटन श्रेत्रको बिविधिकरण, रोजगारीको सृजना, ग्रामिण पर्यटनको माध्यमबाट गरिबी निवारण गर्ने, जिवनस्तरमा सुधार गरी देशको अर्थतन्त्रलाइृ सुधार गर्दै लैजानु रहेको पाईन्छ । नेपालमा प्राय गरि पर्यटकहर मनोरञ्जन, पर्वतारोहण, दृश्यावलोकन, बोटिङ , स्केटिङ, व्यापार व्याबसाय आदि पर्यटकको प्राथामिकतामा पर्ने गरेका छन । प्राय गरि नेपालमा पर्यटकहरु मनोरञ्जन, तिर्थयात्रा, पदयात्रा अपचारिक तथा अनैपचारिक भेटघाट, धार्मिक ज्ञान, व्याबसायिक ञान कला तथा सस्कृति आदान प्रदानको लागि आउने गरेता पनि विगत वर्षमा गएको बिनाशकारी भुकम्पका कारण नेपालमा पर्यटन पेशाको विगतमा जस्तो त्यती फलदाई हुन सकेको छैन जस्तो लाग्छ । बिनाशकारी भकम्पका कारण नेपालका सुन्दर तथा रमणिय क्षेत्रहरुमा केही क्षती पुग्न गएको कारण पनि पर्यटनको आगमनमा कमी आएको हो की भन्ने सबैमा महसुस भएको छ । पर्यटन प्रवद्र्धन गर्नेको लागि अब सरकारले नया निति तथा रणनितीहरु छिटै बिस्तार गर्नु पर्ने रहेको पाईन्छ ।
देशमा भएको अस्थिर सरकारका कारण पनि पर्यटन प्रवद्र्धनमा ढिला हुन गईरहेको थियो अबका दिनमा ५ वर्षे स्थाई सरकार बनिसकेको अबस्थामा पर्यटनको क्षेत्रलाई प्राथामिकता दिएर अघि बढन सकिने सम्भावना देखिन्छ । नेपालमा यस्तो पर्याप्तमात्रामा पर्यटकिय स्थल हुदा हुदै पनि गएको बिनाशकारी भुकम्पका कारण पनि अस्त व्यास्त बनेको पर्यटन श्रेत्रलाई सरकारको तर्फबाट सुचनात्मक तथा प्रवद्धनात्मक कार्यक्रम अगाडी बढाई सुधारात्मक तथा सरकारात्मक कदमहरु चाल्न जरुरी रहेको छ । भुकम्पका कारण क्षत ीभएका भैतिक संरचनाहरु, मठमन्दिर, धार्मिक स्थल , पाटीपैवा आदिलाई दु्रत गतिमा निर्माण गर्ने सक्दा मात्र पुन पर्यटकको मन जित्न सकिन्छ । अबका दिनहरुमा नया रणनितिका साथ पर्यटक श्रेत्रको बिकास तथा प्रवद्धन गर्ने हो भने पुन पहिलेकै अबस्था फर्किन सकिने अबस्था पनि रहेको छ ।
पर्यटक श्रेत्रको बिकास तथा बिस्तार गरेमा देशले विदेशी मुद्रा आर्जनमा वृद्धि गरि देशको आर्थिक श्रेत्रमा थप टेवा पुग्न जान्छ ,। पर्यटकहरुकोृ संङख्या अझ बढाउन सकेमा बडि भन्दा बढि मुद्रा आर्जन गर्ने पनि सकिन्छ । देशले प्राप्त गरेको मुद्राबाट राष्ट्रले भोगिरहेको भुक्तान असन्तुलन तथा व्यापार असन्तुलनको सम्स्या पनि समाधान गर्ने सकिन्छ यसका साथसाथै रोजगारिको अबसरमा पनि थप वृद्धि गरेर पर्यटन श्रेत्रको बकिास गरेर बेरोजगारी समस्या हटाउन सकिन्छ । पर्यटन श्रेत्रको बिकास तथा बिस्तारबाट होटल तथा रेष्टुरेण्टहरु खोलिने, टे«किङको संख्यामा वृद्धि हुने, ट्राभल ऐजेन्शीहरुको बिकास हुने हुदा पनि बेरोजगारीको मात्रामा भने कमि हन गई देश सम्बृद्धिको दिशातर्फ उन्मुख हुने देखिन्छ ।
सम्वृद्धिको अर्को आधारको रुपमा नेपालमा उधोगधन्दालाई पनि लिन सकिन्छ । बिकासका पुर्वाधारको पर्याप्त विकास तथा बिस्तारगरि बिभिन्न ठाउको अध्ययन तथा अनुशन्धानको माध्ययमबाट कच्चा पर्दाथको पहिचान गरेर उधोग धन्दाको स्थापना गरि रोजगारीको सिर्जना, बिभिन्न श्रेत्रकालगानी कर्ताहरुलाई आर्कषण गर्ने, आयातलाई प्रतिस्थापन गर्दै निर्यातको मात्रालाई बृद्धि गर्ने सक्ने वातावरण बनाउने, देशको कहाली लाग्दो अर्थतन्त्रलाई चेक एण्ड व्यालेन्समा ल्याउने , जस्ता बिभिन्न कार्यक्रमहरु गर्ने सकिनुका साथै देशलाई बिकासको दृष्टिकोणबाट कायपलट पार्न कति पनि समय लाग्दैन । यहा भएका घरेलु तथा साना उधोग, मझौला उधोगm टुला उधोग, लघु उधोगको बिकास र प्रर्वद्धन गरि फडको मार्ने सकिने सम्भावनाहरु धेरै रहेका छन । यी यस्ता उधोग धन्दाहरुको बिकास गरेर बृहत मात्रामा रोजगारिको सिर्जना गरि नेपाली जनतालाई गरि खान सक्ने वातावरण निर्मागने सकेका खण्डमा आफै देश सम्बृद्ध हुन्छ र नेपालीहरु पनि । सरकारले स्थानिय कच्चा पर्दाथ तथा स्रोत साधनको प्रभावकारी पहिचान गर्ने, गुणस्तरिय तथा प्रतिस्पर्धात्मक उत्पादनमा जोड दिने, स्रोत्र साधनको प्रभावकारी परिचालन गर्ने, उत्पादनमा नविनतम अ‍ैधोगिग प्रबिधिको प्रयोग गरि व्याबसायलाई दिगो बजाउने, उधाृगमा जनशतिm तथा व्याबस्थापकिय कुशलताको बृद्धि गर्दै जाने रणनिति पनि अबलम्बन गर्नु पर्दछ ।
अन्तत अबको नेपाल भनेको भष्टचार रहित नेपाल हुनुपर्दछ, जहा पारदर्शिताको मात्रा बढेर जाओस अनि संगसंगै ईमान्दारीता, निष्ठा, नियमितता पनि । मुलत देशलाई आधुनिक सम्बृद्धिको रुपमा हेर्ने हो भने शिक्षा, स्वास्थ्य। याथायात, खानेपानी, कृषि, उधोग, वाण्व्यि, पर्यटन बिधत, सबैमा समान बिकासको रणनिति निर्माण भयो र देश फेरी पनि भन्छुकी भष्टाचारको हात भन्दा अलि परै होस सबैको पहुच पुगोस, सबै सक्षम हुन, सबैलाई सुगम पनि होस, सबैले गरि खान सक्ने वातावरण निर्मण होस, जो कोही पनि खाली खुटटा हिडन नपरोस, सबैको पेटमा अन्न परोस, लगाउने एक सरो सबै नेपालीमा लक्ताकपडा होस कोही पनि नाङगै हिडन नपरोस देश समाजवाद तर्फ केन्द्रित होस बास यहि त हो सम्बृद्धिको खाका ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार